काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ ।
समारोहका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले र्पुयाएको योगदानको प्रशंसा गरे ।
सो अवसरमा नेपाली सेनाले मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो ।
संयुक्त राष्ट्र संघ सन १९४५ अक्टोबर २४ मा स्थापना भएको थियो ।
Categorized in राष्ट्रिय