काठमाडौं । कैलाली जिल्लाको एक गाउँपालिकाले छोरी जन्मे २० बर्ष सम्म बार्षिक १० हजारको दरले प्रदान गर्ने भएको छ ।
कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए सो रकम छोरीको नाममा बैंकमा जम्मा गरिदिने सोमबार बसेको गाउँपालिकको सभाले निर्णय गरेको अध्यक्ष भोलाप्रसाद गुप्ताले बताएका छन् ।
गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको छ ।
गाउँपालिकाले स्थानीय अभिाभवाहरुलाई छोरीको उमेर कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव समेत दिएको छ ।
Categorized in समाज