१५ बैशाख २०८२, सोमबार
Header

छैठौँ ताम्रकार फूटसल प्रतियोगिता हुँदै


प्रकाशित: विहिवार, १४ चैत्र २०८१, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार फूटसल प्रतियोगिताको छैठौँ संस्करण यस वर्ष यही चैत्र १६ गते शनिबार र २३ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा हुने भएको छ । 
प्रतियोेगितामा खेलाडीहरुलाई जुजु वेयर्सद्वारा जर्सी प्रायोजन गरिएको छ ।


विगत पाँच संस्करण सफलता पूर्वक सम्पन्न गरे पश्चात छैठौँ संस्करणको प्रतियोगिताको लागी विभिन्न ६ वटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन । 


प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका सतरी भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन । 


टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा वि.के.सुन चांदी पसल, तिछुगल्ली स्टोर्स, दिल ह्याण्डीक्राफ्‌ट, ओरियन इलेक्ट्रीकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यू रहेका छन । वि.के.सुन चांदी पसल गत संस्करणका विजेता हुन । 


विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन । विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय मोहन दास ताम्रकारको परिवारद्वारा नगद पुरस्कारको प्रायोजन गरेका छन् । प्रतियोगिताका लागी करीब नौे लाख जति खर्च लाग्ने अनुमान छ ।


ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रोमोस्नल भिडियो लगायतका कार्यहरु भइसकेका छन् । 


उक्त प्रतियोगिता अवधिमा अण्डर १४ विधामा प्रतिस्प्रधा गर्ने छन् भने महिला खुल्ला तथा भेट्रान टिमले पनि मैत्रीपूर्ण खेल खेल्ने छन् । 


यस प्रतियोगिताका म्यान अफ द म्याच प्रायोजक टेलजी नेपाल र एटलिट ल्याण्ड, एक्सीलेन्ट टाईटल प्रायोजक एक्स स्टेप नेपाल र एटलिट ल्याण्ड, अण्डर १४ टिम प्रायोजक ताम्राकार समाज अष्टे्रलिया, बद्रीको हल्वाई, सेयर प्रो सेक्यूरिटिज र ग्रेस ईन्टरन्यास्नल, साथै अन्य प्रायोजक लक्ष्मी सनराईज बैंक, के.के. मार्ट, अल्फाईन ईन्जीनियरिङ कन्सलटान्सी लिमिटेड, सम्झना ल्याबोरेटोरी एण्ड क्लिनिक प्रा.लि., उत्तम स्पेशल टी, लक्ष्मी सनराईज क्यापिटल, ओगस, ट्वान्टी फोर्टी, फेस एण्ड बडी नेपाल, बाराही फ्रेम्स र बज्र बटलर टे्रडर रहेका छन् ।

 

27  March 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex