४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

छुरा प्रहार गर्ने २ पक्राउ


प्रकाशित: आईतबार, ९ मंसिर २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित सुकुम्बासी टोलका दुई युवालाई छुरा प्रहार गरी हत्या गर्ने २ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा मकवानपुर हर्नामाडी घर भई गौशाला बस्ने २९ वर्षीय मनिष बानियाँ र काठमाडौं तारकेश्वर–७ बस्ने महेश परियार छन् । 


८ गते शनिवार दिउँसो उनीहरूले सकुम्बासी टोल बस्ने बिक्की लिम्बू र शान्तिनगरका अनिल श्रेष्ठलाई छुरा प्रहार गरेका थिए । 


सो घटनाको अनुसन्धानका लागि अपराध महाशाखाका डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका ७ साङ््लाको बिहानी चोकबाट अभियुक्तद्वयलाई पक्राउ गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex