काठमाडौं । गएराती राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवानको उपचारको मृत्यु भएको छ भने उनको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारी घाईते भएकी छिन् ।
राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदल हिडिरहेका आमाछोरीलाई ठक्कर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसका साथै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरी दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा घाइते भएका नारायण नगरपालिका–३ का ट्याक्टर चालक झलकबहादुर हमालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Categorized in समाज