६ जेठ २०८१, आइतबार
Header

छिरिङले अदालतलाई भने ः ‘गोरे पनि चिन्दीन, सुन तस्करी पनि गरेको छैन’


प्रकाशित: आईतबार, २० जेठ २०७५, १९ः३६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । आज अदालत समक्ष आत्मसमर्पण गरेका सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वांगेल घलेले आफु सुन तस्करी र हत्यामा संलग्न नभएको बयान दिएको छ ।

 
उनले जिल्ला अदालत मोरङमा आईतबार दिएको बयानमा सुन तस्करीमा लगाएको सबै आरोपलाई अस्वीकार गर्दे सुन तस्करी मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई नचिन्ने बताएका छन् । त्यसैगरी उनले आफूलाई डेविट भनेकोमा सो नभएको समेत बयानमा भनेका छन् ।

 
अदालतमा दिएको बयानमा भुजुङ गुरुङ नाताले भिनाजु पर्ने स्विकारेपनि उनीसँग सुनतस्करीमा आफ्नो संलग्नता नभएको जिकिर गरेका छन् । उनले आफु जग्गा कारोबार गर्ने काम गरेको बताएका छन् ।

 

अभियुक्त छिरिङलाई बयानपछि पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । जिल्ला न्यायाधिश नाराणप्रसाद शर्माको इजलासमा १० पृष्ठ लामो बयान दिँदै डेविटले अभियोग पत्रमा आफूलाई प्रतिवादी बनाई पनि कसैलाई नचिन्ने बयान दिएका दिएका छन् । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD