२४ बैशाख २०८१, सोमबार
Header

छायादेवी कम्पलेक्स विरुद्ध काठमाडौंमा जनप्रदर्शन


प्रकाशित: शुक्रवार, ४ असोज २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । सम्पदा प्रेमी समाजले काठमाडौंको ठमेलको सावर्जजनिक कमलपोखरी मासेर बनाएको छायादेवी कम्पलेक्स भत्काउन माग राख्दै जनप्रदर्शन गरेका छन ।


शुक्रवार काठमाडौंको इन्द्रचोकमा समाजको नेतृत्वमा विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएको हो । 


सो प्रदर्शनमा एक अपिलको वाचन गरी प्रदर्शनमा सहभागीहरु इन्द्रचोक असन हुँदै छायादेवी कम्पलेक्स पुुगी कोणसभामा परिणत भएको थियो । 


प्रदर्शन गरिएको ब्यानर, तथा प्लेकार्डमा सार्वजनिक कमलपोखरी पुनःस्थापना गर्नैपर्छ, अबैध छायादेवी कम्पलेक्स उद्घाटन गर्नेलाई कार्वाही गर, ढिलो न्याय दिनु नदिनु सरह हो जस्ता नरा लेखिएको थियो । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD