काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गर्ने सुरक्षा गार्ड पक्राउ परेका छन ।
ठमेलस्थित छायाँ सेन्टर पुुगेका सुरक्षागार्डले लाईन बसिरहेकै अवस्थामा आफूलाई दुव्र्यवहार गरेको मन्त्री श्रेष्ठले बताएका छन ।
आफू मन्त्री भएको परिचय दिँदासमेत सुरक्षा गार्डले उल्टै ुआइ नोु भन्दै झर्किने र सन्किने गरेको श्रेष्ठले बताए ।
क्यानडामा हुने आइकाओको मिटिङमा जानका लागि आफू त्यहाँ पुुगेको मन्त्री श्रेष्ठले भने ।
सो घट्नापछि पिएसओले उजुरी दिएपछि सुरक्षा गार्ड पक्राउ परेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ छन ।
उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ । प्रहरीका अनुसार घटना गत शुक्रबारको हो ।
Categorized in समाज