२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

छायाँ सन्टेरले ऐतिहासिक सम्पदा अतिक्रमण गरेकोमा विश्व नेवाः सघ र संघीय समाजवादीको आपत्ती


प्रकाशित: बुधवार, १५ फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा भखरै सञ्चालनमा आएको छायाँ कम्पलेक्स प्रा.लि.को छायाँ सेन्टरले एतिहासिक सम्पदाको कमलपोखरी अतिक्रमण गरेकोमा विश्व नेवाः संगठन र संघीय सामाजादी फोरम काठमाडौले आपत्ती जनाएको । 


नेवाः सरोकारको लागि स्थापित विश्व नेवाः संगठनले व्यपारिक प्रयोजनको लागि ऐतिहासिक सम्पदाको पोखरी अतिक्रमण गरी निर्माण गरेको छयाँ सेन्टरप्रति संगठनको आपत्ती रहेको एक विज्ञप्ती जारी गरी विरोध गरेको छ । 


नेवाः गुठी र संस्कृतिको महत्व बोकेको पोखरी अतिक्रमण गरी व्यापारिक कम्पलेक्स निर्माण गर्नु एकदमै संवेदनशिल विषय भएकोले नेपाल सरकार, गुठी संस्थान र सरोकारबालाहरुविच अविलम्ब वार्ता गरेर समाधान गर्न नेवाः संघ आग्रह गर्दछ भनी विज्ञप्ती मार्फत अनुरोध गरेको छ । 


विज्ञप्तीमा भनिएको छ, ‘सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको विषय भएकोले सम्पदा अतिक्रमण रोक्नु सबैको दायित्व हो ।’


यसैगरी संघीय सामाजवादी फोरम नेपाल काठमाडौंले पनि विज्ञप्ती जारी सम्पदा अतिक्रमण गरी छायाँ सेन्टर निर्माण गरेको भन्दै विरोध जनाएको छ । 


फोरमले स्थानीय, सम्पदा अभियान्ता तथा सरोकारवालाहरुको विरोधका विच छायाँ सेन्टेर निर्माण गर्नु जर्वजस्ती भएको विज्ञप्तीमा उल्लेख गरेको छ । 


सिंहसार्थवाह गुथिको कमलपोखरी जग्गा हुनेखानेहरुले व्यक्तिको नाममा दर्ता गराउनु अनियमितताको चरम पराकाष्ठ भएको  र व्यपारिक स्वार्थमा निर्माण गरी सम्पाद मास्ने कार्यको पार्टीले जोडदार रुपमा विरोध गर्दछ भनी विज्ञप्तीमा भनिएको छ । 


साथै विज्ञप्तीमा भनिएको छ, ‘सम्पदा र गुठीको जग्गा बचाउन सहासपुर्ण विरोध र आन्दोलनमा उत्रिएका स्थानिय, नेवाः राजनैतिक अभियान र संघीय समाजवादी फोरमका साथीहरुलाई सरहना गर्दछु ।’


यस छयाँ कम्पलेक्सले एक पत्रकार सम्मेलन गरी छयाँ सेन्टर पूर्ण रुपमा कानुनी र बैधानिक तवरबाट निर्माण भएको तथा सम्पदा नमिचेका आफ्नो भनाई राखेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex