१४ बैशाख २०८१, शुक्रबार
Header

छायाँदेवी कम्पलेक्सविरुद्ध सम्पदा अभियान्ता सडकमा 


प्रकाशित: आईतबार, १९ साउन २०७६, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । विवादित छायाँदेवी कम्पलेक्सविरुद्ध आईतबार विहान स्थानीय, सम्पदा अभियान्ताहरु सडकमा निस्केका छन ।


इन्द्रोचकमा भेला भएका अभियन्ताहरु नारावाजी गर्दैै छायाँ सेन्टर भवन अगाडी पुगेर कोणससभा गरेका थिए । 


ठुलो संख्यामा भेला भएका उनीहरुले छायाँ सेन्टर भत्काउनै पर्ने, सम्पदामाथिको अतिक्रमण बन्द गर, सम्पदा मास्न पाईँदैन लगायतका नारवाजी गर्दै ठमेलस्थित छायाँ सेन्टर अगाडी कोणसभा गरेर विरोध जनाएका छन । 


सो कोणसभामा अभियन्ताहरुले कमलपोखरीको ऐतिहासिक महत्व बोकेको सम्पादा कसरी भू–माफियाहरुले अतिक्रमण गरेर बनाए भन्ने विषयमा बताउँदै उपत्यकावासीले यसको कडा विरोध गर्नुपर्नेमा जोड दिएका थिए । 


सभालाई सम्पदा अभियान्ता भागवत प्रधान, कानुनी विज्ञ जुजुकाजी महर्जन, नेवाः राजनीतिक अभियानका रविन्द्र श्रेष्ठ, फास्ट ट्रयाक जनसरोकार समितिका नेपाल डंगोल लगायतले सम्बोधन गरेका थिए ।


सो कार्यक्रममा असन कोथुननि बचाउ अभियान समिति, सेभ नेपाः भ्याली, ग्वाःहाली पुचः, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति साथै दर्जनौं संघ, संस्थाको उपस्थिती रहेको थियो । 


सम्पदा अभियान्ता सुरेन्द्र महर्जनले संचालन गरेको कार्यक्रममा प्रेम सिलाकारले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 


ऐतिहासिक सम्पदा कमलपोखरी अतिक्रमण गरी व्यापारिक कम्पलेक्स छायाँ सेन्टेर निर्माण गरेपछि स्थानीय, सम्पदा अभिन्ताहरुले कडा विरोध गर्दै आएका छन ।

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD