२९ आश्विन २०८३, बिहिबार
Header

छानविन समिति ः ‘गोरे’ बिहान काठमाडौको गौरीघाटबाट पक्राउ परेको


प्रकाशित: सोमबार, ८ जेठ २०७५, १३ः१९ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौँ । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त  चूडामणि उप्रेती ‘गोरे’ लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको बताएको छ ।

 
समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना ‘गोरे’ लाई पनि सार्वजनिक गरी सो बारे जानकारी दिएको हो । 


समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको वतएका हुन । गोरेलाई आजै मोरङ जिल्ला अधालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको छ ।


प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । 


पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवं फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन तस्करी गरेको तथ्य फेला पारेको थियो ।

 
नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ ।


सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex