९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

छात्रवृत्ति कोटामा ३,३६१ विद्यार्थीको पहिलो मनोनयन सूची सार्वजनिक


प्रकाशित: बुधवार, ७ साउन २०८२, १३ः३०बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ । 


पहिलो चरणमा ३,३६१ विद्यार्थी छनोट भएका छन । 


शिक्षा विभागका अनुसार, छनोट भएका विद्यार्थीले २०८२ साउन ९ गतेभित्र आफूले आवेदनमा प्राथमिकता दिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनुपर्नेछ ।


उत्तीर्ण भएर पनि पहिलो चरणमा मनोनयनमा नपरेका विद्यार्थीलाई २०८२/०४/१० गतेपछि रिक्त सिटमा योग्यताक्रमको आधारमा दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरिने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए । 


छात्रवृत्ति मनोनयन विद्यार्थीको योग्यताक्रम र आवेदनमा उल्लेख गरिएको शिक्षण संस्थाको प्राथमिकता अनुसार गरिएको हो ।


पहिलो मनोनयन सूचीः

 

 


देशभरका ७७ जिल्लाबाट १७,२२९ आवेदन प्राप्त भएका थिए। तीमध्ये १६,१३७ विद्यार्थी परीक्षा दिनका लागि छनोट भएका थिए ।


प्राथमिकता पाउने समूहः


साधारण कोटाः सामुदायिक विद्यालय, संस्थागत विद्यालयका विद्यार्थी, महानगरका स्थायी बासिन्दा, ल्याण्डफिल क्षेत्रका विद्यार्थी


आरक्षण कोटाः छात्रा, आदिवासी/जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, शहीदरबेपत्ता/द्वन्द्वपीडित परिवार
महानगरपालिका अन्तर्गतका विद्यालयमा हालसम्म ४,४९३ छात्रवृत्ति सिट उपलब्ध रहेको छ ।


नतिजा हेर्ने तरिका


विद्यार्थीले आफ्नो रोल नम्बर, जन्म मिति र पासवर्ड प्रयोग गरी entrance.kathmandu.gov.npमा मनोनयन पत्र हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन ।


छात्रवृत्ति परीक्षा समितिका सदस्य–सचिव रामचन्द्र खड्काका अनुसार, विद्यार्थीलाई भर्नासम्बन्धी सूचना SMS र इमेलमार्फत जानकारी गराइनेछ ।


शिक्षण संस्थाका लागि निर्देशन


शिक्षण संस्थालाई भर्ना प्रक्रिया सहज बनाउन यूजरनेम र पासवर्ड प्रदान गरिनेछ, जसबाट entrance.kathmandu.gov.np मा लगइन गरी भर्ना भएको विवरण सोही दिन अद्यावधिक गर्नुपर्नेछ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex