१४ बैशाख २०८१, शुक्रबार
Header

छात्रवृति विवरण नबुुझाउने ३४२ विद्यालहरुले जेठ २८ भित्र नबुुझाए अनुमति रद्ध गर्ने महानगरको चेतावनी


प्रकाशित: मंगलवार, २३ जेठ २०८०, १२ः२० बजे
- महानगरखबर

काडमाडौं । काठमाडौं महानगरले छात्रवृत्ति विवरण सार्वजनिक नगराउने ३४२ वटा संस्थागत विद्यालयहरुको नाम सार्वजनिक गरेको छ । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले ती विद्याहरुलाई पटक –पटक सुचना प्रकाशित गरेपनि विवरण सार्वजनिक नगरेकोले विद्यालयहरुको नाम सार्वजनिक गरेको बताएको छ ।


महानगरले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना प्रकाशित गरेको थियो । 


सो अनुसार संस्थागत विद्यालयहरुले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते महानगरमा पठाउनु पर्ने थियो । 


काठमाडौं महानगरभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ । 


प्रमुख साहले सो सुचना प्रकाशित पछि धेरै विद्यालयहरूले छात्रवृत्ति वितरण गरेको विद्यालयहरुमा धन्यवाद पनि दिएका छिन ।


विवरण पेश गर्ने विद्यालयहरुलाई पुन जेठ २८ गते सम्म विवरण सार्वजनिक गर्न महानगरले अनुरोध गरेकको छ । 


पुनः आग्रह गरिएको मितिभित्र नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने जनाएको छ । 


विद्याहरुको नामावालीः

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD