५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

छाउपडी प्रथा अंगाले सेवा सुविधामा रोक लगाईने


प्रकाशित: शनिबार, १९ साउन २०७५, ११ः३५ बजे
- महानगरखबर

काठमाडौं । छाउपडी प्रथा अंगाले कञ्चनपुर जिल्लास्थि शुक्लाफाँट नगरपालिका वडा. ८ ले सेवासुविधामा रोक लगाउने भएको छ ।


वडा अध्यक्ष बहादुर महराका अनुसार छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गर्नेलाई मात्र वडाबाट पाउने सुविधा प्रधान गर्ने जनाएको छ । 


छाउपडी प्रथाको कारण महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष महराको भनाई छ । 


छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex