१४ बैशाख २०८१, शुक्रबार
Header

छत्रपाटी चिकित्सालयलाई महानगरको थप २ थान भेन्टिलेटर सहयोग


प्रकाशित: शुक्रवार, २१ जेठ २०७८, २०ः५० बजे
- अजय खड्गी

काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाले थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । 


विहिवार महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गरेका थिए । 


यसअघि गएको जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । 


महानगरको अनुदानमा अस्पतालले खरिद उक्त भेन्टिलेटर जर्मनमा उत्पादन भएका हुन । उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । 


सो अवसरमा प्रमुख शाक्यले भने, ‘कोविड नियन्त्रणका लागि कम लगानीमा धेरै प्रतिफल प्राप्त गर्न महानगरले सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेको छ । यसबाट संक्रमणमा परेका हरेक व्यक्तिले सहज उपचार पाउन सक्ने हामीले अपेक्षा गरेका छौँ । हाम्रा सहकार्यमा रहेका अस्पतालहरुले यसलाई मनन गर्नुहुनेछ ।’


महानगरका मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडमध्ये विहिवारसम्म १ सय ४३ वेडमा विरामी रहेका छन । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सकिने प्रमुख शाक्यले बताए । 


सो अस्पतालमा अहिले कोविड भएर अक्सिजन दिनुपर्ने ५ जना विरामी एचडीयूमा र ९ जना विरामी साधारण वेडमा उपचार भईरहेको अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए । 


त्यसैगरी अरनिको समाजले अस्पतालाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य करीब २६ लाख ५० हजार रुपैयाँ हो । 


यी सामाग्री तथा उपकरण नेपाल र चीनको दौत्य सम्बन्धबाट प्राप्त भएका समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले जानकारी दिए । 


अवसरमा वडा १७ का अध्यक्ष नविन मानन्धर, महानगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु सहभागी थिए । 


 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD