काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयमा संचालिन कोभिड आईसोलेसनको लागि एक चाइनीज संस्थाले २० थान अक्सिजन सिलिण्डर प्रदान गरेका छ ।
काठमाडौं महानगरपालिका १७ वडा कार्यालयद्धारा सञ्चालित सो आईसोलेसनका लागि चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनल सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
फाउन्डेसनका कन्ट्रि डाइरेक्टर झाउ छि याङले सामग्रीहरु १७ वडाका वडाध्यक्ष नवीन मानन्धरलाई हस्तान्तरण गरेका थिए ।
फाउन्डेसनले प्रति सिलिण्डर ४० लिटर क्षमताको २० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको हो । त्यस्तै फाउन्डेसनले २ सय थान पिपिई, एक सय थान फेसशिल्ड, एक हजार थान मास्क र २ थान निसंक्रमण मेशीन सहयोग प्रदान गरेको हो ।
फाउन्डेसनका नेपाल निर्देशक झाउ छि याङले नेपालमा कोभिडको दोश्रो लहर आइरहँदा आफुहरुलाई पनि चिन्तित बनाएकोले महामारी नियन्त्रणका लागि सानो सहयोग गर्न खोजेको बताए ।
त्यसैगरी फाउन्डेसनले काठमाडौं महानगरपालिका वडा नम्बर १९ र वडा नम्बर २६ को आइसोलेसनको लागि पनि अक्सिजन सिलिण्डरसँगै विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
Categorized in स्वास्थ्य