९ भाद्र २०८३, मंगलबार
Header

छत्रपाटी अस्पतालमा १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको उद्धघाटन


प्रकाशित: शनिवार, ३ पुष २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले छत्रपाटी निःशुल्क चिकित्सालायमा अक्सिजन पलान्टको उद्धघाटन गरेका छन । 


शनिवार चिकित्सालयमा एक कार्यक्रमविच मन्त्री भुसालले दैनिक १०० सिलिण्डर क्षमता उत्पादन गर्न सकिने गरि स्थापना गरिएको अक्सिजन प्लान्टको शुभारम्भ गरेकी हुन । 


कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन,‘ यो समुदायमा आधारित क्लिनकले अक्सिजन पलान्ट नै राखेर आफू र आफ्ना समुदायलाई दिने सेवाका अतिरिक्त थप जनतलाई पनि सेवा दिन सक्ने स्तरको पलान्ट स्थापना गरेर स्वास्थ्य क्षेत्रमा उल्लेखिय काम गरेको छ, दया फाउण्डेशन लगायत अन्तराष्ट्रिय दाताहरुले पनि महत्वपूर्ण योगदान गरेको छ, अब यस क्षेत्रका जनताले अक्सिजनको अभावमा ज्यान गुमाउनु पर्ने छैन ।’

 


साथै भुसालले चिकित्सालयलाई आगामि आर्थिक वर्षदेखि चिकित्सालयले खपत गर्ने विजुलीमा सहुलियत दरको छुट व्यवस्था गरिदिने प्रतिवद्धता समेत गरिन । 


सो अवसरमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सहयोगी दाताहरु, स्थानीय संघ संस्था तथा व्यक्तिहरूमा विशेष धन्यवाद दिएका थिए काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले चिकित्सालयलाई सरकारको थप सहयोग आवश्यक रहेको बताए । 


सहयोगी दाता हेल्प नेपाल ब्रेथ फण्ड रेजर इञ्जिनीयर सोनिका मानन्धर र दया फाउण्डेसनको संस्थापक सदस्य कृपा माथेमाले पनि मन्तव्य राखेका थिए । 


तस्वीरः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex