२० बैशाख २०८१, बिहिबार
Header

छडी लिएर डियुटी गर्न थाले ललितपुर महानगर प्रहरी 


प्रकाशित: बुधवार, ३ असोज २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी बुधवारदेखि छडी लिएर डयुटी गर्न थालेका छन । 


नगर प्रहरी प्रमुख सिताराम हाथेछुले आत्मसुरक्षाका लागि नगर प्रहरीलाई छडीसहित ड्युटीमा खटाउन थालिएको जानकारी दिए ।  


डिउटीको क्रममा नगर प्रहरीमाथि कही कतैबाट कुनै किसिमको आक्रमण वा झडपको अवस्थामा आत्मसरक्षासँगै अवस्था नियन्त्रणको लागि छडी आवश्यक देखिएकोले सोही अनुसार गरेको उनले बताए । 

 


नगर प्रहरीको भूमिका धेरै हुने तर सरक्षाको लागि कनै साधन नहुँदा  हातका भरमा शान्तिसुरक्षा गर्नु पर्ने देखिएको छ, त्यसैले अवस्था र समयअनुसारको सुविधा दिनु पर्ने उनको भनाई छ । 


उनले महानगर प्रमुख चिरिबाबु महर्जनले नै छडी बोक्न अनुमति दिएका पनि बताए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD