४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

छठ पर्व हेर्न गएकी बालिका बलात्कार गर्ने पक्राउ


प्रकाशित: सोमबार, ३ मंसिर २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । गत बुधवार सप्तरीकी एक १५ बर्षिया बालिकालाई छठपर्व हेर्न जाँदा स्थानीय एक युवकलाई बलात्कार गरेको आरोपमा प्रहरीले आईतबार पक्राउ गरेको छ । 


प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी  उजुरी दर्ता गरेको छ । 


छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले बताइन ।

 
पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । 


आरोपितलाई शनिबार पक्राउ गरी आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलमणि भट्टराईले जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex