१२ बैशाख २०८१, बुधबार
Header

छठपछि कोरोना चक्र तोड्न प्रभावकारी कदम चालिने  


प्रकाशित: विहिवार, २७ कात्तिक २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौँ । छठपछि कोरोना चक्र तोड्न प्रभावकारी कदम चालिने उपत्यका नगरपालिका फोरमका सचिव मदन सुन्दर श्रेष्ठले वताएका छन ।


बुधवार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी–सदस्यबीच बृहत छलफल भएको थियो । 


छलफलपछि मध्यपुर ठिमी नगरपालिकाका प्रमुख समेत रहेका फोरम सचिव श्रेष्ठले पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको जानकारी दिए । 


श्रेष्ठले तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी टेष्टको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको बताए ।


बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका नगर प्रमुखहरुलार्य लाई समन्वय गरेर अघि बढ्न आग्रह गरिएको थियो ।

 
अहिले मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो ।  


आपुर्ति व्यवस्था सहज बनाउनु पर्ने, कोरोनाको दोस्रो तरङ्ग आउन नदिन प्रभावकारी प्रयासहरु गर्नुपर्ने, समूदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेक्स राख्नुपर्ने जस्ता विषय पनि बैठकमा उठेको थियो । 


स्थानीय तहबाट प्रभावकारी रुपमा जनचेतना मुलक कार्य गर्ने, स्थानीय तह परिचालित भै घरदैलो कार्यक्रम गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो ।  


त्यसैगरी कोरोना संक्रमितको मृत्युु दर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होमआइसोलेसन र गम्भीर विरामीलाई मात्रै अस्पताल लैजानेलगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुर्ने जस्ता विषयमा पनि छलफल भएको मेयर श्रेष्ठले जानकारी दिए ।


छलफलमा संघ र स्थानीय तहबीच समन्वय अभावमा पीसीआर टेष्ट गर्ने, कोरोना संक्रमितको निशुल्क उपचार गर्नेलगायतका विषयमा पनि अन्योलता छाएको भन्दै मेयरहरुले आगामी दिनमा समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD