३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

चौथो दिन पनि सूनको मूल्यले बनायो नयाँ रेकर्ड


प्रकाशित: बुधवार, ९ असोज २०८१, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । बुधवार पनि सुनको मूल्यमा बृद्धि भई नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 


यसअघि आइतबार र सोमबार र मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । 


बुधबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो । 


हिजो सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


महासंघका अनुसार मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोवार भईरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex