२७ बैशाख २०८१, बिहिबार
Header

चौथो ताम्रकार फुटसल प्रतियोगिता २०१९ को बिजेता भैरवनाथ आइरन


प्रकाशित: आईतबार, १२ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

ललितपुर । ताम्रकर समाजद्वारा आयोजित चौथो ताम्रकार फुटसल प्रतियोगिता २०१९ को उपाधी भैरवनाथ आइरन इण्डष्ट्रीले हातपारेका छन । 


द ब्रिटिस कलेजको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिता ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजना शनिबार सम्पन्न भएको उक्त भएको प्रतिस्प्रधात्मक फाइनल खेलमा भैरवनाथ आइरनले वि.के सुन चांदि पसललार्ई १–० गोलले पराजित गरेको थियो । 


यस अघि भएको सेमीफाइनल खेलमा भैरवनाथले टेक म्याक्स टाइगरलाई १–० ले तथा वि.के सुन चांदिले गत संस्करणका विजेता करुणामय मेटल क्राफ्टलाई टाइब्रेकरमा २–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।


विजेता तथा उप विजेता टिमलाई नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारी, समाजका अध्यक्ष रविन्द्र राज ताम्रकार, द ब्रिटिस कलेजका प्रिन्सिपिल जोय फोस्टर इलीस, उपसमितिका संयोजक सजेश ताम्रकार, प्रतियोगिताका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे । 


विजेताले रु २०,०००।– तथा उप विजेताले रु १०,०००।– प्राप्त गरेका थिए । विजेता भैरवनाथ आइरन तथा उप विजेता वि.के सुन चांदि पसलले प्राप्त नगद पुरस्कारहरु समाजको जेष्ठ नागरिक कोषलाई प्रदान गरेका थिए ।


सोही दिन भएको अण्डर १४ प्रतियोगिताको फाइनलमा ड्रागन ह्याण्डीक्राफ्टले सिटी ह्याण्डीक्राफ्टलाई २–० गोल अन्तरले पराजित गरी ट्रफी हात पारेका छन । 


त्यहि दिन महिला खुल्ला, दश वर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेलपनि भएको थियो । ताम्रकार अल स्टार र द ब्रिटिस कलेज बिच भएको मैत्रीपूर्ण खेलमा ताम्रकार अलस्टार ५–२ ले विजयी बन्न सफल भए ।


यही असोज ४ गते र ११ गते शनिबार सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा भैरवनाथका युमन ताम्रकार, उत्कृष्ट खेलाडीमा वि.के सुन चांदिका दिप बाराही, उच्च गोलकर्तामा दिल ह्याण्डीक्राफ्टका लिउसन राजकर्णिकार र दिनेश ताम्रकार, भैरवनाथका आशिष ताम्रकार संयुक्त रुपमा प्राप्त गरे । 


त्यस्तै प्रेसिडेन्ट च्वाइसमा भैरवनाथका आशिष ताम्रकार घोषित भएका थिए । त्यस्तै अण्डर १४ को उत्कृष्ट खेलाडीमा सिटी ह्याण्डीक्राफ्टका रेहान बाराही भएका थिए । 

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD