२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

चौतारी लघुवित्तले ६ लाख कित्ता शेयर जारी गर्दै


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । चौतारी लघुवित्त वित्तिय संस्थाले ६ लाख कित्ता प्राथमिक शेयर मंसिर १८ गतेबाट जारी गर्ने भएको छ । 


कम्पनीले ६ लाख कित्तामध्ये सर्वसाधारणको लागि ५ लाख ६० हजार ७ सय कित्ता, सामुहिक लगानी कोषहरुलाई ३० हजार कित्ता र कर्मचारकिो लािग ९ हजार ३ सय कित्ता छुटाएको छ । 


संस्थाले छिटोमा मंसिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । 


सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 


आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex