८ बैशाख २०८१, शनिबार
Header

चोरी भयो कालिमाटीको २ सय बर्ष पुरानो मूर्ति


प्रकाशित: विहिवार, २४ चैत्र २०७८, १६ः०० बजे 
- महानगरखवर

काठमाडौं । कालिमाटीबाट २ बर्ष पुरानो ऐतिहासिक सम्पदाको महत्व बोेकेको कामदेवको मूर्ति चोरी भएको छ । 


काठमाडौं महानगरपालिका वडा १३ का अध्यक्ष ध्रुब नायरायण मानन्धरले ढुंगाको सो मूर्ति २ सय बर्ष पुरानो भएको बताएका छन । 


चोरी बारे प्रहरीलाई जानकारी गराईसकेको वडा अध्यक्ष मानन्धरले जानकारी दिए । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार मूर्ति चोरी भएको खबरपछि खोजी गर्ने काम सुरू गरिएको छ ।


मन्दिर जीण अवस्थामा भएपछि बाहिर राखिएको मूर्ति हराएपछि प्रहरी खोजी अभियानमा लागेको छ । 



तस्वीरः कालिमाटी भ्वाईसको फेसबुकबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD