४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चोरी भएको शिशुको शव फेला प¥यो


प्रकाशित: सोमबार, ११ भाद्र २०७५, १९ः४७ बजे
- महानगरखबर

काठमाडौं । महत्तोरीको औराही नगरपालिकाबाट आईतबार बेलुका चोरी भएको शिशुको शव शब सोमबार फेला परेको छ । 


प्रहरीका अनुसार ८ महिनाकी सोनाली कुमारी चौधरीको शव औराही नगरपालिका र भंगाह नगरपालिकाको सिमानजिक फेला परेको हो । 


शिशुको शरिरमा घाउचोट लागेको छ । टाउँको र शरिरको अन्य भागमा चोट देखिएको छ ा मेडिकल टेष्टपछि मात्र घट्ना विवरण थाहा हुने प्रहरीले जनाएको छ । 


शवलाई पोष्टमार्टमको लागि महोत्तरी सदरमुकामको जलेश्वर अस्पताल पठाइएको छ ।


शिशु चोरी र हत्यको घटनामा सिसिटिभी फुजेटका अनुसार भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ ।

 
शव फेला परेपछि औराही बजार सोमबार बन्द भएको छ । 


शिशु चार्ने व्यक्तिले आईतबार शिशुका पिता सन्तोष चौधरीलाई चिन्छु भन्दै बच्चा खेलाउने बहानमा बेपता पारेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex