३ भाद्र २०८३, बुधबार
Header

चोरी गर्ने ९ जना पक्राउ


प्रकाशित: बधबार ११ पुस,२०७५,१०ः०० बजे
- महानगरखबर


 काठमाडौं  गोंगवुस्थित गोंगवु वैकुण्ठ गेष्ट हाउस समेतबाट सुनका गरगहना चोरी गर्ने कार्यमा संलग्न ९ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  

              
पक्राउ पर्नेहरूमा २१ वर्षीय चाईनिज भनिने सुमन मगर समेत ८ जना र चोरीको गरगहना किन्ने तथा स्वरुप परिवर्तन गरी विक्री गर्ने काठमाडौं महानगरपालिका-१६ स्थित भुपु सैनिक सुनचाँदी पसलकी संचालिका सबिता सुनार रहेका छन् ।


महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले मगरलाई चोरीका गहना सहित फेला पारी सोधपुछ गर्दा उक्त गेष्ट हाउसको ३०१ नम्बरको कोठाबाट उनका साथी ४ पुरुष र ३ महिलालाई समेत पक्राउ गरेको हो । सोधपुछको क्रममा उनीहरूले चोरी गरेका गरगहना सुनारको पसलमा बेच्ने गरेको र सुनारले काठमाडौं महानगरपालिका-२२ पाको न्युरोडस्थित फोर नाइन फाइन गोल्डेन ओर्नामेन्ट एन्ड ज्वेलरीमा काम गर्ने न्यूरोड बस्ने भारत कलकत्ताका ५२ वर्षीय गौतम मन्नालाई विक्री गरेको खुल्न आएपछि प्रहरीले मन्नाको कोठाबाट ६६.२० ग्राम सुन बरामद गरेको छ ।  


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex