२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चोरिएको बालकुमारी मूर्तिबारे सुचना दिनेलाई ५ लाख पुरस्कार


प्रकाशित: आईतवार, १६ माघ २०७८, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । बालकुमारी भवानी गुठीले चोरिएको मुर्तिबारे सुचना दिनेलाई ५ लाख रुपैयाको पुरस्कारका दिने घोषणा गरेको छ । 


ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सहि सुचना दिने व्यक्ति वा संस्थालाई नगद ५ लाख रकम पुरस्कार स्वरुप दिने गुठीले सुचना निकालेको छ ।


जारी सुचनामा ‘सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने’ पनि भनिएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न भनिएको छ ।


पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति माघ ८ गते चोरी भएको थियो । मन्दिरका पुजारीहरुले बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । 


स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरी भएको थियो । 


ललितपुर प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली नै बनाएर मूर्तिको खोजी गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex