काठमाडौं । चोरहरुको एक समूहले महोत्तरीमा गएराती गाौशाला नगरपालिका–१० भरतपुरका २७ बर्षिय अञ्जुकुमारी श्रेष्ठको विभित्स हत्या गरेको छ ।
प्रहरीका अनुसार विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८÷१० जनाको अज्ञात हतियारधारी समूहले चोरी गर्न लागेको अवस्थामा उनी छोरी अन्जुले टोलवासी गुहार माग्दा उनको हत्या भएको हो ।
चोरहरुले युवती श्रेष्ठको शरिर भरी धारिलो छुरा प्रहारबाट घाईते भएकी उनको उपचारको लागि जनकपुर अस्पताल लग्न खोज्दा बाटैमा मृत्यु भएको थियो ।
प्रहरीले घटना घटेलगत्तै सो क्षेत्रमा चोर तथा हत्याराहरुको व्यापक खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Categorized in समाज