१६ चैत्र २०८०, शुक्रबार
Header

चोभार नजिक बागमतीका सुकुम्बासी टहराहरु भत्काईयो


प्रकाशित: आईतबार, १३ पुष २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुर नगरपालिकाले बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको टहरा भत्काएको छ । 


चोभार नजिक बागमती नदी क्षेत्र अतिक्रमण गरेर बसेको सुकुम्बासीका टहराहरुका भत्काएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले बताईन ।


सो क्षेत्रमा बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दुर्गन्ध फैलाएको गुनासो स्थानीयबासीहरुले गरेपछि नगरपालिकाको पहलमा फ्याक्ट्रीसहितका टहरा भत्काउन सुरु गरिएको हो । 


उपमेयर खड्का अनुसार फ्याक्ट्रीबाट निस्कने फोहोर सीधै बाग्मती नदीमा मिसाउने गरिएकाले पनि हाम्रो पहलमा हटाउन लागिएको पाइएको छ ।  


टहरा हालेर बसेका सुकुमबासीहरुले बोसोबाट साबुन बनाउने फ्याक्ट्री चलाइरहेका थिए  ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD