८ बैशाख २०८१, शनिबार
Header

चोभार कार दुर्घटनामा बेपत्ता भएका व्यक्तिको शव भेटियो


प्रकाशित: विहिवार, ५ माघ २०७९, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । चोभारको जलविनायक नजिक भएको कारदुर्घट्नमा परि वेपत्ता एक व्यक्तिको शव फेला परेका छन । 


बिहीबार शसस्त्र प्रहरी गोताखोर टोली र नेपाली प्रहरीले वेपत्ता भनिएका दक्षिणकाली नगरपालिका  –१ चाल्नाखेल बस्ने ४७ वर्षीय राजकुमार खत्रीराजकुमार खत्रीको शव फेला परेका छन । 


प्रहरीका अनुसार कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला हो । सोमबार चोभारको जलविनायक नजिकै बागमति खोलामा  बा ५ च ५६५४ नम्बरको कार खसेको थियो ।


सो दुर्घट्नामा परि मृतक खत्रीको श्रीमति अम्बिका खत्री घाईते भएका थिए । उनको अस्पतालमा उपचार भईरहेको छ । 


कार दुर्घटनाको सिसिटिभि फुटेज समेत वाहिर आएको थियो । सामाजिक सञ्जालमा उक्त गाडी दुर्घटना भएको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो ।


चार दिनको लगातारको खोजी पछि खत्रीको शव भेटिएको हो ।

 

यो पनि पढ्नुहोसः चोभार कार दुर्घटनाका घाईते महिलाको उपचार हुँदै

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD