काठमाडौं । चोभारमा बन्न लागेको सुख्खा बन्दगाह पीडित स्थानीयलाई गुनासो गर्न सरकारले आग्रह गरेको छ ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै सरकारले स्थानीयलार्ई ७ दिनभित्र गुनासो गर्न भनेको छ ।
स्थानीय चोभारवासीहरुको गुनासााई सम्बाधेन गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले एक वार्ता समिति समेत गठन गरेको छ ।
समितिका अनुसार स्थानीयबाट ७ दिनमा प्राप्त गुनासाका आधारमा छलफल गरी वार्ता समितिले माग सम्वोधन गर्ने जनाएको छ ।
यस अघि स्थानीयवासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच शिलान्यास गरेको बन्दरगाहमा विरोध जनाएको थियो ।
स्थानीयहरुले जग्गाको मुआब्जा नपाएको, उक्त जग्गामा हिमाल सिमेन्ट हुँदा हिमाल सिमेन्टमा रोजगारी गर्ने स्थानीयले अझै तलब नपाए लगायतका मागहरु राखेका छन ।
Categorized in समाज