काठमाडौं । चोभारमा टाटा सुमाको ठक्करबाट मोटरवाईक सवारको २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा समिर गिरी र अर्का एकजना नाम थर नखुलेका व्यक्ति छन ।
महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
प्रहरीले उद्दार गरेर दुई गम्भीर घाइतेलाई बयोधा अस्पताल पुराएपनि चिकित्कसले दुवैलाई मृत घोषिट गरेका बताए ।
मोटरसाइकल चोभारबाट बल्खुतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।
Categorized in समाज