२३ बैशाख २०८१, आइतबार
Header

चैत्र ६ गतेबाट पेट्रोलियम कारोवार ठप्प पार्ने व्यवसायीहरुको चेतावनी


प्रकाशित: मंगलवार, २४ फागुन २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले कमिसन नबढाए चैत्र ६ गतेबाट पेट्रोलियम व्यवसायीहरुले आन्दोलन गर्ने भएको छ ।


नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघ सोमवार एक विज्ञप्ती जारी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन ।

 
व्यवसायीले घोषणा गरेको आन्दोलन अन्तर्गत चैत ६ गते ग्याँस उद्योगीले निगमबाट ग्याँस खरिदको अग्रिम अनुमति नलिने, चैत १० गतेदेखि रिफाइनरीबाट ग्याँस ढुवानी रोक्ने र १४ गतेबाट ग्याँसको भन्सार नछुटाउने जस्ता कार्यक्रमहरु छन । 


यस्तै १६ गतेबाट पेट्रोलियम पदार्थको अग्रिम आयात अनुमति नलिने छन भने चैत्र २० गतेबाट देशभर ग्याँससहित सबै खालका इन्धनको बिक्री ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD