२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चैत्र ५ गते आयोगबाट समानुपातिकतर्फ ११० सांसदले लिदै प्रमाणपत्र (सुचि)


प्रकाशित: मंगलवार, ३ चैत्र २०८२, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० सांसदको नामावली सार्वजनिक गरेको छ ।


आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८(१) बमोजिम विभिन्न राजनीतिक दलहरूले सिफारिस गरी पठाएका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ ।


सार्वजनिक सूचीअनुसार निर्वाचित उम्मेदवारहरूलाई बिहीबार बिहान ११ः३० बजे आयोग परिसरमा प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय गरिएको छ ।


आयोगका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदहरूले प्रमाणपत्र लिन आउँदा सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । 


साथै, उनीहरूलाई कार्यालय समयभित्र आयोगको सचिवालयस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

 


हेरौं ११० सामानुपातिक सांसदको सुची हेर्न क्लिक गर्नहोसः

asteriskhubs
Home Page Bottom Second


maharjan complex