२७ बैशाख २०८१, बिहिबार
Header

चैत्र महिनामा एक खर्ब ३७ अर्बको बस्तु आयात


प्रकाशित: आइतवार, ९ बैशाख २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय उपभोग्य समानको आयातमा केही गिरावट आएको छ । 


भन्सार विभागको तथ्यांक अनुसार चैत महिनामा एक खर्ब ३७ अर्बको वस्तु आयात भएको छ । 


गत बर्ष २०७९ को चैत महिनामा एक खर्ब ४३ अर्बको वस्तु आयात भएको थियो । गत बर्षको चैत महिनाको तुलनामा आयातमा गिरावट देखिएको छ । 
गत वर्षको सोही अवधिको तुलानमा ४ प्रतिशतले गिरावट आएको हो । 


चालु वर्षको यसै समयमा ११ खर्ब ६७ अर्ब रूपैयाँको सामान आयात भएको छ ।


आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा १२ खर्ब एक अर्ब रूपैयाँको सामान आयात भएको थियो ।

 
आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा एक खर्ब चार अर्ब ७९ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो । 


२०८० चैत महिनामा भने १३ अर्ब ३२ करोड रूपैयाँको निर्यात भएको छ । २०७९ चैत महिनामा १३ अर्ब ४८ करोडको निर्यात भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD