२७ बैशाख २०८१, बिहिबार
Header

चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत पुग्ने


प्रकाशित: विहिवार, १० चैत्र २०८०, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । आगामी चैत्रदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा बृद्धि हुने भएको छ । 


नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्नेछ ।


सो अनुसार चैतदेखि भने व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ८ प्रतिशत दिएका बैंकले संस्थागत मुद्दतीमा ७ प्रतिशतसम्म दिन सक्नेछन ।


हाल व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत विन्दु छ ।


हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशत दिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD