११ बैशाख २०८१, मंगलबार
Header

चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित 


प्रकाशित: शुक्रवार, २७ चैत्र २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन ।


चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल चयन भएको कमर्सले बताएका छन । 


यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएको चेम्बरले जनाएको छ ।


कर्मसको बाण्ज्यितर्फ १५ जना, उद्योगतर्फ ९ जना र बस्तुग संघतर्फ ९ जना र आवद्धतर्फ ३ जनाकार्यसमितिका निर्वाचित भएका छन । वाणिज्यतर्फ व्यवसायी कमलेशकुमार अग्रवाल, ओमकृष्ण विमली, दीपककुमार मल्होत्रा, विजय साह, मनोजकुमार केडिया रहेका छन । 


पंकज जलान, निलकण्ठ चौलागाइँ, दीर्घमान श्रेष्ठ, सन्तोषकुमार पाण्डे, महादेव पोखरेल, नवराज ढकाल, भाईचन्द्र श्रेष्ठ, राष्ट्रभूषण चाकुबजी, दीपक श्रेष्ठ, राजु श्रेष्ठ चयन भएका छन ।  त्यसैगरी भीमलाल पौड्याल, दीपककाजी तुलाधर, सतीशकुमार अग्रवाल, सुरेन्द्रकुमार सारडा, रोशन भोयद्यो, निरज राई, नन्दकुमारी लम्साल, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, सुगन्धकुमार गुप्ता, अशोककुमार अग्रवाल, सुशील पाण्डेय, कैलाशचन्द्र गोयल, तुफान खड्का र कृष्णमान श्रेष्ठ रहेका छन । 


उद्योगतर्फ राजेन्द्र मल्ल, राजेन्द्रप्रसाद अर्याल, किशोरकुमार अग्रवाल, समितकुमार अग्रवाल, सुवासचन्द्र संघाई रहेका छन् । यस्तै अन्य सदस्यहरुमा नरेन्द्र बल्लभ पन्त, सुधीर मित्तल, उर्मिला श्रेष्ठ र दीपेशरत्न तुलाधर छन । 


यसैगरी वस्तुगत संघतर्फ पनि ९ जना चुनिएका छन्। जसमा अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजयकुमार अग्रवाल, सुरेन्द्रभाई शाक्य र किरणकुमार डंगोल छन्।


यस्तै आबद्धतर्फ देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल छन ।  यसैगरी द्धिराष्ट्रिय संस्थागततर्फ होटल व्यवसायी विनायक शाह, दिपकर कुँवर र त्रिभुवनधर तुलाधर कार्यसमिमिा चयन भएका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD