३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

चेम्बरद्वारा विमानस्थलका कर्मचारीलाई स्यानिटाइजर, एप्रोन, पेपर मास्क हस्तान्तरण


प्रकाशित: मंगलवार, २७ फागुन २०७६, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सुरक्षाका सामाग्री विमानस्थलका कर्मचारीलाई हस्तान्तरण गरेको छ । 


चेम्बरले त्रिभुवन विमानस्थलका कर्मचारी तथा यात्रुलाई रेक्टिफाइड स्प्रीट, चेकजाँच गर्ने मेसिन, स्यानिटाइजर, एप्रोन, पेपर मास्क, एप्रोन क्यापलागायतका सामग्री उपलव्ध गराएको हो । 


चेम्बरमा आइतबार भएको कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त समाग्री स्वास्थ्य सेवा विभागका महानिर्देशक ड. महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे ।  


चेम्बरले आफ्ना सदस्यहरुमार्फत संकलित उक्त उपकरण सरकारलाई हस्तान्तरण गरेको हो । हाल आफूहरुसँग सीमित मास्क, रेक्टिफाइड स्प्रीट, एप्रोन, ज्वरो तथा कोरोना जाँच गर्ने मेशिन भएको र आगामी दिनमा थप संकलन गरेर सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने चेम्बर अध्यक्ष श्रेष्ठले थप सामग्री संकलन गरेर सरकारका सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने जानकारी दिए ।


चेम्बरका उपाध्यक्ष एवं आईएमएम ग्रुपका अध्यक्ष दीपक मल्होत्रासँगको सहकार्यमा मास्क उत्पादन गरी बिक्री गरिने तयारी गरेको समेत सो कार्यक्रममा बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex