७ जेठ २०८१, सोमबार
Header

चेम्बरको दौड प्रतियोगितमा महानगरखवरका सञ्चारकर्मी शाक्य प्रथम


प्रकाशित: शनिवार, २२ फागुन २०७७, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले शनिवार आयोजना गरेको दौड प्रतियोगितामा महानगरखबरडटकमा संचारकर्मी रमेश शाक्य प्रथम भएका छन । 


कमर्शले आफ्नो ७० औं बार्षिक उत्सवको अवसरमा आयोजित दौड प्रतियोगितामा महानगरखवरडटकमा फोटो पत्रकार शाक्य बिजेता भएको आयोजकले जनाएको छ । 

 

 

शाक्यलाई दौड प्रतियोगिताका प्रमुख अथिति नेपाल सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रमाणपत्र तथा पुरस्कारबाट सम्मान गरेका थिए । 


सो प्रतियोगितमा अर्का सञ्चारकर्मी बालकृष्ण महर्जनले दोस्रो स्थान हासिल गरेका थिए । उनले अप्सरा वाःपौंबाट प्रतियोगितामा सहभागी भएका थिए । 

 


कर्मसका शिक्षा तथा खेलकुद समितिका अध्यक्ष दीपककाजी तुलाधारको संयोजकत्वमा भएको प्रतियोगितमा ३ सय भन्दा बढिले सहभागीता जनाएको शाक्यले जानकारी दिए । 

 

कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितीमा प्रतियोगितामा विजेता तथा सहभागीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । 

 

 


सो दौड प्रतियोगितामा विद्यार्थी छात्र/छात्रा, व्यवसायी र सञ्चारकर्मीहरुले भाग लिएका थिए ।

 
तस्वीरहरुः रमेश शाक्य/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD