७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चेक अनादर मुद्दाका दोषीलाई २ बर्ष सम्म सजाय गर्ने सहमति 


प्रकाशित: आइतवार, २३ भाद्र २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । संघीय संसदको अर्थ समितिमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमती भएको छ । 


आइतबार अर्थ समितिले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलका क्रममा चेक अनादरको विषयमा सहमति जुटाएको हो । 


समिति सभापति सन्तोष चालिसेका अनुसार एक करोडभन्दा धेरै रकमको चेक अनादर भएमा दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

 
एक करोडसम्मको चेकमा एक वर्षसम्म, ६० लाखसम्मको तीन महिनासम्म र १५ लाखसम्मको चेकमा एक महिना सम्मको कैद सजाय हुने गरी व्यवस्था गरिएको छ । 


भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्थामा चेक अनादर हुने हुन्छ । 


चेक प्रदान गर्ने खातावालाको खातामा पर्याप्त रकम नभएको कारण बैंकबाट चेक धारकले रुपियाँ भुक्तानी नपाएको अवसस्थामा समेत चेक अनादर हुने गर्छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex