२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

चुनिखेल बधस्थल कृषी मन्त्री खनालद्वारा निरिक्षण


प्रकाशित: आईतबार, २४ चैत्र २०७५, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नमुना बधस्थलको रुपमा निर्माण गरिएको चुनिखेल वधस्थलको कृषी तथा पुशपन्छी विकास मन्त्री चक्र पानी खनालले निरिक्षण गरेको छ । 


शनिवार मन्त्री खनालसहितएको एक टोली बधस्थल पुगी अवलोकन गरेका थिए । उनले बधस्थलको अनुगमन गर्दै नमुना बधस्थलको रुपमा विकास गरेकोमा सञ्चालकद्वय रामकृष्ण खड्गी र देवनारायण खड्गीलाई धन्यावाद दिएका थिए ।


मन्त्री खनालले बधस्थलमा आधुनिकरण गर्न केही सुझावहरु समेत दिएको सञ्चालक खड्गीले बताए । 


मन्त्रीको निरिक्षण टोलीमा भेटरीनरीका डा नारायण श्रेष्ठ, डा काजी श्रेष्ठ र अन्य सहभगीहरूको उपस्थिती रहेको थियो । 


यस अघि प्रदेश नं. ३ का सांसद राजेन्द्र श्रेष्ठले पनि बधस्थलको अवलोकन गरेका थिए । 


सांसद श्रेष्ठले बथस्थलको आधुनिकरण, प्रविधियुक्त, सरसफाई लगायतको अवलोकनबाट प्रभावित भएको बताएका थिए । 


संचालक खड्गीका अनुसार सासंद श्रेष्ठले चुनिखेल वथस्थलको ढाँचामा मध्यपुरठिमीका व्यवसायीहरुलाई वथस्थल निर्माण गर्ने आग्रह गर्ने भएको छ । 


आम उपभोक्ताहरुलाई स्वस्थयकर, गुणस्तर मासु उपभोग गराउने उदेश्यले बुढानिलकण्ठ नपा १३ स्थित चुनिखले बधस्थल २०७५ भाद्र ७ गतेबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex