१० भाद्र २०८३, बुधबार
Header

चुच्चे नक्साबारे प्रधानमन्त्री दाहालले चीन भ्रमणमा उठाउने


प्रकाशित: शुक्रवार, १५ भाद्र २०८०, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । चीनले हालसालै जारी गरेको नेपालसहितको विश्व नक्साबारे प्रधानमन्त्री पुुष्पकमल दाहालले चीन भ्रमणको बेला उठाउने भएको छ । 


शुक्रबार माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउने बताए ।


देशव्यापी माओवादी अभियान बारे आयोजित पक्रका उम्मेलनमा उनले भने,‘पहिलो कुरा त चीनले जारी गरेको नक्साको सन्दर्भमा किन त्यस्तो हुन गयो, किन विचार पुर्याइएन? त्यति महत्वपूर्ण विषयलाई त्यहाँ समेटिएन। यसको बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ सापकोटाले भने, ‘चीनसँग कुरा गरिसकेपछि कूटनीतिक पहलकदमी बढाउनुपर्छ भन्ने कुरा पनि छ । प्रधानमन्ती चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा हुन्छ।’


गत मंगलबार चीनले आफ्नो देशको नक्सा सार्वजनिक गरेको थियो । उक्त नयाँ नक्सामा नेपालले २०७७ जेठ महिनामा जारी गरेको चुच्चे नक्सा समेटिएको छैन । 


नेपालले लिपियाधुरा, लिपुलेक लगायतका क्षेत्र समेटेर नक्सा जारी गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex