काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मंगलवार एक कार्यक्रमविच आठौं चीन महोत्सव – २०१८ को उद्घाटन गरेका छन् ।
दुई दिनसम्म चल्ने सो महोत्सवमा चिनियाँ संस्कृति, सम्पदा, चीन बारे जानकारी दिईने आयोजकले जनाएको छ ।
नेपाल र चीनविच सन् १९५५ बाट सुरुवात भएको कुटनीतिक सम्बन्ध झनै बलियो भएको संस्कृतिमन्त्री रविन्द्र अधिकारीले सो उद्घाटन कार्यक्रममा बताए ।
मन्त्री अधिकारीले नेपालको काठमाडौं, ललितपुर र भक्तपुर अद्धितिय सम्पदाले भरिपूर्ण भएको तथा नेपाल जातजाति, भाषा र जैविक विविधता कारण चिनियाँ पर्यटक भित्र्याउन सकिने बताए ।
सो कार्यक्रममा चिनियाँ सांस्कृति मन्त्री लो सुङ काङ, चिनियाँ राजदुत यु होङले नेपाल र चीनविचको सांस्कृत महत्व, पर्यटन, व्यवसाय र विकासका बारेमा बताएका थिए ।
Categorized in मनोरन्जन