काठमाडौं । चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन ।
सोमवार पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने उल्लेख गरेका हुन ।
मंसिर १७ गते देखि हुन लागेको चीन भ्रमणका एजेण्डाबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरेका छन ।
प्रधानमन्त्री ओलीले छलफलको क्रममा चीनियाँ सहयोग ऋण बीआरआईको पासोमा पर्न खोजेको भन्ने हल्ला सत्य नभएको बताए । ओलीले, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।’
यसैविच, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताएका छन ।
आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालको ऋण लिने सामथ्र्य नरहेकाले अनुदान लिनुपर्ने बताए ।
‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ पूर्वप्रधानमन्त्री देउवाले भने ।
चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने धारणा समेत राखे ।
Categorized in राष्ट्रिय