काठमाडौं । चीनले हालसालै करोडौ डलर बराबार मूल्य पर्ने सुन लगायत महत्पूर्ण खजना पत्ता लगाएको छ ।
भारतको अरुणाचल प्रदेश सीमा नजिक भेटिएको सो खजनामा सून, चाँदी समेत थुप्रै बहुमूल्य खनिज पदार्थ रहेको समाचार आएको छ । सो खजनामा भेटिएको गहनाहरुको मूल्य करिब ६ हजार करोड डलर सम्म हुने अनुमान लगाईएको छ ।
डैकन क्राँनिकल भन्ने एक पत्रिकामा प्रकाशित समाचार अनुसार यो प्रोजेक्ट चीनको ह्युन्जे राज्यमा चलिरहेको छ । यो भारतीय सीमासँग जोडिएको छ ।
यो खबर चीनबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलाई आधार मानि प्रकाशित गरिएको हो । यस रिपोर्टका अनुसार चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको भाग भएको वताएको छ ।
Categorized in अन्तर्राष्ट्रिय