१४ बैशाख २०८१, शुक्रबार
Header

चीनमा एकमहिना यता कोभिडबाट ६० हजार नागरिकको मृत्युु


प्रकाशित: आईतवार, १ माघ २०७९, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । चीनले एकमहिना यता ( डिसेम्बर ८देखि जनवरी १२, २०२३) को कोभिड तथ्यांक सार्वजनिक गरेको छ । 


चीनमा सो अवधिमा ६० हजार नागरिकले कोभिडको कारण ज्यान गुमाउनु परेको राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताएको समाचार संस्था एपीले जनाएको छ ।


समाचार अनुसार ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको छ । यसमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको हो । 


शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको थियो तर हाल संक्रमण दर ओरालो लागेको पत्रकार सम्मेलनमा बताईएको छ ।

 
जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन ।  


गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन ।


यसैबीच विश्व स्वास्थ्य संगठनले बेइजिङले नयाँ तथ्यांक सार्वजनिक गरेकोमा त्यसको स्वागत गरेको छ । साथै उसले थप विस्तृत तथ्यांक जारी गर्न उसलाई पुनस् आग्रह गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD