१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनबाट ८ लाख भेरोसेल खोप आईपुग्यो, अझै २५ लाख आउने


प्रकाशित: विहिवार, ७ साउन २०७८, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप विहिवार ८ लाख डोज आईपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


सरकारले खरिद गरेको खोप बेइजिङबाट नेपाल ल्याइएको हो । यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो । 


चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ ।


चीनले यस अघि १८ लाख खोप अनुदानमा दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex