काठमाडौं । चीनको वुहानबाट फर्काइएका नेपालीलाई नेपालीलाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा राखिने भएको छ ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले बागमती किनाराको सुकुम्बासीको लागि बनाएको अपार्टमेन्टमा राखिने सरकारको तयारी छ ।
चीनको वुहान सहरमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न यसअघि नै आवेदन फारम भराइसकेको छ ।
फर्काएका नेपालीहरुलाई कोरोनाभाइरस भए÷नभएको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल उक्त अपार्टमेन्टमा राख्न लागिएको समाचार सेतोपाटी डटकममा उल्लेख छ ।
इचंगुनारायणमा सुकुम्वासी राख्न २०६९ सालमा अपार्टमेन्ट बनाए पनि त्यो अहिलेसम्म प्रयोगमा आएको छैन । उक्त अपार्टमेन्ट १२ करोड रूपैयाँमा अपार्टमेन्ट बनाइएको थियो ।
Categorized in स्वास्थ्य