१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनको वुहानबाट नेपाली फर्काइने तयारी


प्रकाशित: शुक्रवार, १७ माघ २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी गरेको छ । 


चीनमा नोवेल कोरोना भाइरस बढ्दो रुपमा फैलन थालेपछि बुहानमा रहेका नेपालीहरु चिन्तित हुन थालेका छन । 


परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुहानमा रहेकाहरुलाई पर्काउने तयारी भईरहेको बताउँदै त्यहाँ रहेका नेपालीहरुलाई नआत्तिन आग्रह गरेका छन ।


मन्त्री ज्ञवालीले सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन । 


सरकारले उनीहरुलाई बेइजिङ र काठमाडौंमा उहाँहरूलाई फर्काउने तयारी गरिरहेको छ । मन्त्री ज्ञवालीले वुहानमा रहेका नेपालीलाई जुनसुकै बेला नेपाल ल्याउने जानकारी चिनियाँ विदेश मन्त्रालयलाई दिइसकेको बताए ।


बुहानबाट फर्केकाहरुलाई टेकुलगायतका अस्पतालमा आइसोलेटेड बेडको व्यवस्था गरिरहेका मन्त्री ज्ञवालीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex