१६ चैत्र २०८०, शुक्रबार
Header

चीनको छेन्दु नगरद्वारा काठमाडौ महानगरलाई २ थान ब्रुमर उपहार, मेयरले दिए धन्यावाद


प्रकाशित: सोमबार, २ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपाकिालाई चीनको छेन्दु नगरले २ थान ब्रुमर उपहारस्वरुप प्रदान गरेको छ । 


छेन्दु नगरका उपप्रमुख निउ छिङपाओले महानगर प्रमुख शाक्यलाई ब्रुमरको साँचो औपचारिक रुपमा एक कार्यक्रम विच आईतबार हस्तान्तरण गरेको थियो । 


काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ब्रुमर हस्तान्तरण तथा सांस्कृतिक कार्यक्रमलाई मेयर शाक्यले सम्बोधन गर्दे छेन्दुका जनताबाट उपहारस्वरुप पाएको ब्रमुरको लागि धन्यवाद ज्ञापन गरेका छन । 


उनले ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा हामी पर्यटन, सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रका आपसी हितमा कार्यक्रमलाई आवश्यकता आधारमा अघि बढाउने बताए । 


त्यसै क्रममा छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओले छेन्दु नगरबासीकातर्फबाट दिएको उपहारले काठमाडौंको वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए । 


समारोहमा नेपालका लागि चिनियाँ दूताबासका डिपुटि चिफ अफ मिसन याङ् सृछाओले छेन्दुले दिएका ब्रुमरले सहरको धुलो न्युनीकरणमा काम गर्नेछन । यसले नागरिकलाई राहत दिनेछ भने सहरको समृद्धि बढ्न कुरमा जोड दिए । 


छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो ५ मापदण्डका हुन । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD